नाम्ची। नाम्चीकाे नादक गुम्पा परिसरमा आज नाम्ची स्मार्ट सिटी लिमिटेडले
्मार्ट सिटी याेजना शुरू भएकाे सात वर्ष पूरा भएकाे खुशीमा, एक सयभन्दा धेरै फल-फूलका विरूवाहरू बिरुवा राेपण गरेकाे छ।
यस प्रकारकाे कार्यक्रम देशका एक सयवटा स्मार्ट सिटीले गरिरहेका छन्। कार्यक्रममा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथि रहेका थिए।
यस अवसरमा पार्षद पेम नर्बु भाेटिया, शैलेन्द्र छेत्री, मम्ता कालिकाेटे, नाम्ची स्मार्ट सिटी लिमिटेडका सीईओ थुप्देन भाेटिया आदिकाे उपस्थिति रहेकाे थियाे।








