जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः हिमालयन फूटबल क्लब विजयी

photocollage_2023630234343454.jpg

३० जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा हिमालयन फूटबल क्लबले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा शुक्रवार खेलिएको म्याचमा हिमालयन फूटबल क्लबले डिस्ट्रिक्ट मेजिस्ट्रेट इलेभेनलाई ४-२-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट प्रशान्त सुब्बाले २ गोल गरे। यसबाहेक सुरज ठटाल र रिवाज थामीले १-१ गोल गरे। यसरी डिस्ट्रिक्ट मेजिस्ट्रेट इलेभेनबाट के. सुब्बाले २ गोल गरे। म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा जीवन छेत्री र पवन थामी रहेका थिए।

यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement