नाजिताममा असार पन्ध्र उत्सव

IMG-20230630-WA0412.jpg

गान्तोक: असार पन्ध्र पर्वको पूर्वसन्ध्यामा कृषि विभागले नाजिताम एग्रीकल्चर फार्ममा कृषि विभागीय सचिव जिग्मी दोर्जी भोटियाको उपस्थितिमा एक भव्य कार्यक्रमको आयोजना गरेको थियो। निर्देशक टीटी भोटिया, सल्लाहकार सोनाम रिञ्छेन भोटिया, संयुक्त निर्देशकहरू, उप निर्देशकहरू, एडीओ, एआई र गान्तोक जिल्लाका क्षेत्रीय कार्यकर्ताहरूले कार्यक्रममा सहभागिता दिए। यो कार्यक्रम आयोजना गर्नुको मुख्य कारण किसानलाई सम्मान गर्न रहेको थियो। राज्यमा पुरानो परम्परागत खेती प्रथालाई मनाउने अवसर पनि हो।

कार्यक्रममा कृषि सञ्चालकको तर्फबाट पाँचजना समर्पित र मेहनती फार्मका कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रमको समापन समारोहमा उपस्थित सबै पदाधिकारीहरुले जोश र उमंगका साथ धान रोपाईमा भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement