डाक्टर्स दिवसको अवसरमा मुख्यमन्त्रीको शुंभकामना

IMG-20230630-WA0414.jpg

गान्तोक: राष्ट्रिय डाक्टर्स दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङले सिक्किमे जनताको तर्फबाट शुभकामना व्यक्त गरेका छन्। उनले सन्देशमा उल्लेख गरेअनुसार डाक्टर्स दिवसको यस विशेष अवसरमा सबै डाक्टरहरूलाई हार्दिक बधाई र शुंभकामना व्यक्त गर्न चाहन्छु। डाक्टरहरूलाई स्वास्थ्यको संरक्षण गर्ने, र पीडाहरूलाई सान्त्वना दिने जिम्मेवारी सुम्पिएको छ भन्दै उनले व्यक्तिगत बिरामी हेरचाह भन्दा बाहिर, डाक्टरहरूले सार्वजनिक स्वास्थ्यको सुरक्षामा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् भनी बताउँदै आज, समाजमा उनीहरूको उल्लेखनीय योगदानलाई सम्मान गर्दछौं भनी जनाएका छन्। डाक्टरहरुको समर्पण र व्यावसायिकता अरूको लागि प्रेरणाको रूपमा काम गर्दछ, उनीहरु उच्च सम्मान र कृतज्ञताको योग्य रहेको बताए। एसकेएम सरकारले उनीहरूको बहुमूल्य भूमिका र योगदानलाई मान्यता दिँदै उनीहरूको असाधारण सेवा, अटल प्रतिबद्धता र करुणाको लागि धन्यवाद दिने उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement