जिल्लापालको नेतृत्वमा विभिन्न स्थलको निरीक्षण

IMG-20230630-WA0409.jpg

गान्तोक: नाम्ची जिल्लाको कामराङ कलेजदेखि खिचुडुम्रासम्मको पानी बग्ने नालाको आज जिल्लापाल एम भऱानी कुमार, अभियन्ताहरू साथै जिल्ला आपदा प्रबन्धन प्राधिकरणका सदस्यहरूले संयुक्तपरूपमा निरीक्षण गरे। विशेष गरेर उक्त नालामा फोहोर मैला थुप्रेर नालामा पानी नबगेको घटनालाई ध्यानमा राख्दै निरीक्षण गरिएको बताइएको छ। सडक निर्माण गर्ने क्रममा व्याक कटिङ गर्ने हुँदा नालामा माटो, ढुङ्गा पसेपछि नाला जाम भएको थियो। यसै समस्यालाई समाधान गर्ने उद्देश्यले संयुक्तरूपमा निरीक्षण गरिएको बताइएको छ। यस अवसरमा जिल्लापालले स्टेक होल्डर्स र अभियन्ताहरूलाई नालाको सही ढङ्गमा व्यवस्थापन गर्ने निर्देश दिएका छन्। सुरक्षा पर्खाल लगाउनु पर्ने साथै पैह्रौले सडक अवरोध उत्पन्न नहोस् भन्ने सोचेर काम गर्नुपर्ने जिल्लापालले सुझाउ दिएका छन्। निरीक्षणको क्रममा पानी बग्ने नाला सही ढङ्गमा नभएको कारण अन्नबाली नष्ट गरेको गुनासो गरे। नालाबाट निस्केको पानी सडकमा निस्केपछि सोझै बारीमा पस्ने गर्छ, जसको कारण खेतमा अन्नबालीलाई क्षति पुऱ्याएको बताए।

यसरी नै लोवर कामराङका मानिसहरूले लिङदिङ खोल्सामा पैह्रौले क्षति पुगेको र यसलाई झोडा बाँध्ने योजना अन्तर्गत बनाउनु पर्ने आग्रह गरे। जिल्लापालले स्थानीयहरूको गुनासो सुनेपछि खण्ड प्रशासनिक केन्द्र र सिँचाइ विभागलाई आवश्यक पहल गर्नुपर्ने निर्देश दिएका छन्। यसै क्रममा निरीक्षण टोलीले जोरथाङ माझीगाउँमा राम्बाङ खोलाले पुऱ्याएको क्षतिबारे पनि जायजा लिएको छ। उक्त खोलाको चपेटमा परेर चारवटा घर परिवारलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement