गान्तोक: भोलि १ जुलाईको दिन पालन गरिने ग्वाला दिवसको अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले दूध उत्पादकहरूलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। किसानहरूको अमूल्य सेवा, अथक प्रयास र मेहनतको कदर गर्दै हार्दिक शुभकामना दिएका हुन्। ग्वाला दिवसमा हामीलाई गुणस्तरीय दुध उपलब्ध गराउने साथै किसानहरूको अमूल्य परिश्रणमको पुष्टि हुने दिन रहेको राज्यपालले बताएका छन्। किसानहरूको अथक प्रयासले केवल हामीलाई पौष्टक दुध मात्र प्राप्त नभएर राज्यको अर्थ व्यवस्थामा पनि टेवा पुग्ने जानकारी गराएका छन्। किसानहरूले प्रतिकूल मौसम र चुनौतीबीच पनि हामीलाई दुध साथै अन्य खाद्य सामग्री उपलब्ध गराएकोमा उनले खुशी प्रकट गरेका छन्। आजको यस अवसरमा उनले किसानहरूले मेहनत गरेर आफ्नो व्यवसाय चलाउनको साथै जैविक राज्यलाई समृद्धि बनाउने प्रयासप्रति गर्व गरेका छन्। राज्यपालले किसानहरूको महत्वपूर्ण भूमिकाको कदर गर्दै दुग्ध उतपादनमा किसानहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। सोही प्रकारले उनले डाक्टर्स डे-को अवसरमा सम्पूर्ण समर्पित डाक्टर्सलाई हार्दिक अभिनन्दन जनाउँदै शुभकामना दिएका छन्।विशेष गरेर स्वास्थ्य सेवामा समर्पित भावना लिएर खटिएका डाक्टर्सको योगदानको पनि उनले कदर गरेका छन्। डाक्टरहरूले हामीलाई जीवन दिने गरेको बताउँदै हाम्रो जीवनमा उनीहरूको भूमिका प्रशंसनीय रहेको बताएका छन्। उनले जानकारी गराए अनुसार डाक्टर शब्द आफैमा महान रहने गरेको र यसकोबारेमा सबैलाई जानकारी गराउन आवश्यक नरहेको महसुस गरेका छन्। अरूको सेवामा जीवनलाई समर्पित गर्दै आएका डाक्टरहरू कार्य सराहनीय रहेको बताएका छन्। सिक्किम राज्यका डाक्टरहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै उनीहरूको सेवाको कारण रोगीहरूले गुणस्तरीय सेवा पाउन सकेको साथै राज्यको स्वास्थ्य क्षेत्रमा सुधार आएको अवगत गराएका छन्।