नयाँ दिल्ली: कंगना रनौतको समस्या कम हुने नाम लिइरहेको छैन। जावेद अख्तरको निवेदनमाथि सुनवाई हुँदा कंगना सोमबार अँधेरी मजिस्ट्रेट अदालतमा उपस्थित पर्ने थियो। तर उनी अदालतमा हाजिर हुन सकिनन्। त्यसपछि जावेद अख्तरका वकिल जय भारद्वाजले कंगना रनौतविरुद्ध गैर जमानती वारेन्ट जारी गर्न म्याजिस्ट्रेटलाई अनुरोध गरे, किनभने उनी धेरै पटक अदालतमा उपस्थित भएकी छैनन्। तर, केही समयपछि कंगनाको तर्फबाट अधिवक्ता रिजवान सिद्दीकी उपस्थित भएर उनलाई ४ जुलाईमा अदालतमा हाजिर हुने बताएको थियो। त्यसपछि मजिस्ट्रेटले अब मुद्दाको सुनुवाई ४ जुलाई अपराह्न ४ बजेसम्मका लागि स्थगित गरेको छ। कंगना रनौतले मजिस्ट्रेट समक्ष आफ्नो बयान रेकर्ड गर्दा कुनै पनि मिडियालाई अदालतमा उपस्थित हुन नदिन माग गरेकी छन्।









