सिलगढ़ी। सिलगढ़ी नगरपालिकाको ४६ नम्बर वार्ड अन्तर्गत पर्ने आनन्दमयी कलोनीमा बर्षाको पानी पस्दा सबै घरहरू जलमग्न बनेको छ। आज कलोनीका बासिन्दाहरूले सिलगढ़ी चम्पासरी रोडमा पथावरोध गरेको थियो। प्रायः २५-३० वटा घरहरुमा पानी पसेकोले मानिसहरु जलबन्दीको अवस्थामा बस्न बाध्य भएकोले उक्त पथावरोध गरिएको क्षेत्रका बासिन्दाहरूले जनाएका छन्। प्रायः एक घन्टासम्म चलेको उक्त पथावरोधले गर्दा वाहनको लामो जाम लागेको थियो भने घटनास्थलमा प्रधाननगर थाना र जङ्कसन ट्राफिक गार्डका पुलिसबल पुगेर मानिसहरुलाई अवरोध हटाउने निवेदन गरेपछि पथावरोध हटाईएको थियो।
त्यही घटनास्थलमा पुगेर वार्ड पार्षद दिलीप बर्मनले छिट्टै समस्या समाधान गर्ने आश्वासन दिएको थियो। वार्ड पार्षदले पहिलाको पार्षदले केही काम नगरेकोले नै यो समस्या भएको टिप्पणी गर्दै सबै कामको शुरुवात चाँढ़ै गरिने जनाएका छन। यता क्षेत्रबासीले निकासी नालाको व्यवस्था राम्रो नभएकोले नै सबै पानी घरभित्र पसेको जनाएका छन्।
								



								

                    



