भाजपा सांसद सौमित्रलाई कोर्टले पक्राउबाट राहत दियो

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः भारतीय जनता पार्टीका सांसद सौमित्र खानलाई गिरफ्तारीदेखि राहत मिलेको छ। उनीद्वारा कलकत्ता हाईकोर्टमा लगाइएको याचिकामा सुनवाई गर्दै न्यायमूर्ति राजशेखर मन्थाको एकल पीठले शुक्रवार स्पष्ट गऱ्यो कि आगामी १५ जुलाईसम्म सौमित्र विरूद्ध पुलिसले कुनै कारबाही गर्नसक्नेछैन।

यसका साथै जुन अमर्यादित भाषालाई लिएर पुलिसले उनी विरद्ध प्राथमिकी दर्ता गरेको थियो, त्यसमा सांसदको आलोचना पनि गरियो। न्यायाधीशले भने, एक सांसदको भाषा यस्तो हुनुहुँदैन। यस मामिलामा तपाईले अग्रिम जमानतको याचिका लगाउनुहोस् या एफआईआर रद्द गर्नका लागि सम्बन्धित जिल्ला कोर्टमा जानुहोस्। यद्यपि, १५ जुलाईसम्म तपाईको गिरफ्तारीमा म रोक लगाइरहेको छु।

उल्लेख्य, सोनामुखी थानाका प्रभारी विरूद्ध सांसद सौमित्र खानले असूलीको आरोप लगाउँदै आपत्तिजनक शब्दहरूको प्रयोग गरेका थिए। यसपछि उनी विरूद्ध गैर जमानती धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको थियो। यस मामिलामा राहत पाउन उनी कोर्ट पुगेका थिए।

-हिस

About Author

Advertisement