सालबारी: सिलगढीदेखि केही माथि सालबारीको मेथीबारी पेट्रोल पम्प नजिक एनएच ५५ को मूल रोडमा नै आज बाइकमा सवार दुईजनाको दुर्घटनामा मृत्यु भएको छ। आज साँझ लगभग ५ बजेतिर सालबारीको मेथबारीस्थित पेट्रोल पम्पदेखि केही माथि एनएच ५५ मा एउटा ठूलो रूख अचानक ढल्दा बाईकमा सवार भएर गइरहेका समय दुई जनालाई उक्त रूखले चेप्ट्याएर घटनास्थलमा नै २ जना युवकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। ती ठूलो रुख अचानक रोडमा ढल्दा बाइकलाई लागेर बाइकमा सवार भएको दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
								



								

                    



