पोख्रेबुङ: आज पोख्रेबुङमा दार्जिलिङका सांसद राजु विष्टले विरोधको सामना गर्नु परेको छ। घटना अनुसार आज पोख्रेबुङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र स्थानीयहरूद्वारा रैली निकालेको समय नै सांसद राजु विष्टको काफिला पार भएर जाँदा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केही कार्यकर्ताहरूले सांसद राजु विष्टको गाड़ी नजिक पुगेर सय दिने रोजगारको पैसा खोई भनी प्रश्न गरेका थिए। भागोप्रमो समर्थकहरूले सांसद राजु विष्टलाई सय दिने रोजगारको पैसा के भयो भनी प्रश्न गर्दै ‘सय दिने रोजगारको पैसा फर्काईदेऊ’ भन्दै नारा लगाउन थालेका थिए। यसको साथै अनित थापा जिन्दावादको नारा पनि लगाएका थिए। सासंद राजु विष्ट पनि आज पोख्रेबुङतिर पञ्चायत चुनावको लागि प्रचारमा निस्केका थिए। उनीसितै भाजपाको विधायक निरज जिम्बा पनि उपस्थित रहेका थिए। ‘राजु विष्ट गो ब्याक’, बीजेपी मान्दैनौं जस्ता नाराहरू लगाइएको थियो।