कालचिनीः गत एक सप्ताह अघि मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा डुवर्सको अलिपुरद्वार जिल्लाको विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गर्न आईपुगेकी दार्जीलिङकी राज्यसभा सांसद श्रीमती शान्ता छेत्री शुक्रबार कालचिनी आईपुगेका थिईन।
अलिपुरद्वार जिल्लाको कुमारग्राम लगायत अन्यान्य ठाउँहरूमा तृणमूल प्रार्थीहरूको पक्षमा भोट माग्दै हिँड़ने क्रममा शुक्रबार सांसद शान्ता छेत्री कालचिनी खण्डको गारोपाड़ा अञ्चलमा आईपुग्दा तृणमूल समर्थकहरूले तिनलाई भव्य स्वागत गरेको थियो।
गारोपाड़ा क्षेत्रको मानिसहरूको घर दैलो घुम्दै तिनले तृणमूलको ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदको प्रार्थीलाई लिएर जोड़ा फूलमा भोट गर्ने अपील गरिन्।

सांसद शान्ता छेत्रीले आफू गत एक सप्ताह अघि नै मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा डुवर्सको अलिपुरद्वार जिल्लाको विभिन्न ब्लकहरूमा पुगेर तृणमूल प्रार्थीहरूको पक्षमा भोट प्रचार गर्दै हिँड़ेको र आजदेखि कालचिनी खण्डको गारोपाड़ा र साताली अञ्चलहरूमा त्यहाँका तृणमूल प्रार्थीहरूलाई साथमा लिएर जनता समक्ष गएको जनाएकी छन्। आमा, माटो र मान्छेको सरकार २०११ मा गठन भएदेखि उत्तरबंगालमा विकासको मूल फुटेको र डुवर्सको जनाकांक्षा अनुरूप जलपाईगढ़ी जिल्लालाई विभाग गरेर अलिपुरद्वार जिल्ला पनि २०१४ सालमा गठन गरीएको र धेरै कामहरू तृणमूल सरकारले गरेकोले पञ्चायत चुनाउमा अवश्यै तृणमूलको जीत सुनिश्चित रहेकोले जनतालाई आफ्नो अमूल्य भोट नबिगार्न अपील गर्दै हिँड़ेको बताएकी छन्।
आज यस क्रममा सांसद शान्ता छेत्रीसित गारोपाड़ा अञ्चल सभापति घुरन महली, बान्टु चौधरी, रञ्जित प्रधान लगायत पञ्चायत प्रार्थी बिन्दिया लामा, अजय जयसवाल जिल्ला परिषद प्रार्थी भारती महली कुजूर एवम् अन्यान्य पञ्तायत समिति र पञ्चायत प्रार्थीहरू उपस्थित रहेको थियो।
जनताको घर दैलोमा पुग्ने क्रममा सांसद शान्ता छेत्रीले जनतालाई सरकारी प्रकल्पको सुविधा पाए पाएनन् सो बारे खोजबीन पनि गरेकी थिईन् भने महिलाहरूलाई लक्ष्मी भण्डार पाउँदैछन् कि पाएकी छैनन् यसबारे सोधखोज पनि गरेकी थिईन्।