मुख्यमन्त्री तामाङले गरे तरूणदीप राई आर्चेरी अकादमीको शिलान्यास

IMG-20230630-WA0406.jpg

गान्तोक: राज्यका मुख्यमन्त्रीव प्रेम सिंह तामाङले आज नाम्ची जिल्लास्थित खिचुडुम्रामा अर्जुन अवार्डी तरूणदीप राई आर्चरी एकादमीको भुमिपूजन साथै शिलान्यास गरे। यस परियोजना निर्माणको निम्ति पहिलो चरणमा ३० करोड छुट्टाएको बताए। उक्त एकादमीको निर्माण कार्य आगामी दुई वर्षभित्र समापन हुने मुख्यमन्त्री तामाङले पत्रकारहरूलाई जानकारी गराए। राज्यका वरिष्ठ खेलाडीहरूको नाममा यसरी एकादमी निर्माण गरेर नयाँ खेलाडीहरूलाई प्रोत्साहन प्राप्त हुने बताए। पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस एकादमीको स्थापनापछि राज्यका धेरै आर्चेरी खेलाडीहरू राष्ट्रीय, अन्तराष्ट्रीयस्तरमा पुग्न सक्ने सम्भावना व्यक्त गरे। तरूणदीप राईको नाममा राज्यमा एकादमी स्थापना गर्नु सबै भन्दा ठूलो रहेको बताउँदै राज्य सरकारले खेलकूदको क्षेत्रलाई प्राथमिकता दिएर आइरहेको अवगत गराए। राई एक अन्तराष्ट्रीय खेलाडी हुन् र उनले भारतलाई प्रतिनिधित्व गर्दै ओलम्पिक खेल पनि खेलिसकेको जानकारी गराए। यस एकादमीको स्थापना पछि शायद यो देशमा नै सबै भन्दा उत्कृष्ट हुन सक्ने प्रवल सम्भावना व्यक्त गरे। यस एकादमी केवल सिक्किमको निम्ति मात्र नभएर भारतभरिका खेलाडीहरूको निम्ति लाभ पुग्ने बताए। सिक्किममा जन्मेर देशको नाम रोशन गरेका राईको नाममा यो एकादमी पहिला नै स्थापना हुनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement