खरसाङ नगरपालिकाद्वारा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत मैला संकलनको कार्य

खरसाङ: खरसाङ नगरपालिकाद्वारा बजारको विभिन्न स्थानहरूमा मैला उठाउने कार्य थालेका छन्। खरसाङ नगरपालिकाको वर्तमान बोर्ड अफ् एडमिनिस्ट्रेशनद्वारा सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट अन्तर्गत खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा सर सफाई साथै मैलाहरू उठाउने कार्य थालेका छन्।

नगरपालिकाले आजदेखि वार्ड नम्बर १७ र १८ बाट यो कार्यलाई शुरु गरेका छन्। नगरपालिकाद्वारा पहिलेबाटै दिएको दुईवटा डस्टबिनमा एउटामा कुहुने र अर्कोमा नकुहुने मैलाहरू संकलन गरेर नगरपालिकाको निर्मल बन्थुहरुलाई दिएपछि उनीहरूले संकलन गर्ने भएको कार्य गरिनेछ। यो कार्य अन्य वार्डहरूमा पनि शुरु गरिने जानकारी प्राप्त भएको छ।

खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यस विषयमा बोल्दै एउटा गाउँको ५-६ वटा घरहरूले एकै स्थानमा राखि दिए निर्मल बन्धुहरूले संकलन गर्ने बताएका छन् । उनले कसैले पनि मैलाहरू पोलिथनमा हालेर नदिने पनि अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement