मतगणना केन्द्र पुलिस अधिकारीद्वारा निरीक्षण

37e3b11e-7652-440e-8f20-7ef7fa23fbbf

जलपाइगढी: पञ्चायत चुनावको मतगणना मैनागढी हाई स्कूलमा हुनेछ। त्यहाँ स्ट्रङ्ग रुम बनाइएको छ। पुलिस अधिकारीहरूले मतगणना केन्द्र र स्ट्रङ रुमको निरीक्षण गरेका छन्। मैनागढी हाईस्कुलमा ३ वटा स्ट्रङ्ग रुम निर्माण भइरहेकामा भुइँ तल्लामा ५ काउन्टर, दोस्रो तल्लामा ८ र तेस्रो तल्लामा ९ काउन्टर रहनेछन्। त्यसैगरी मतदानमा खटिएका कर्मचारीलाई कागजपत्र लिन र दिन २० वटा काउन्टर समेत बनाइएको छ। यससँगै विद्यालयको मतदान केन्द्रको प्रवेशद्वारको दुबै छेउमा सडकमा दुई वटा ड्रप गेट राखिनेछ। यसबाहेक मतदानका लागि आवश्यक सामग्री बोक्नका लागि निश्चित काउन्टर, मतपेटिका, मेडिकल काउन्टर, फायर काउन्टरसमेत रहनेछन्। मैनागढी फुटबल रंगशालालाई कार पार्किङका लागि छनोट गरिएको छ। मतगणना केन्द्रको काम धमाधम भइरहेको छ। सबै स्ट्रङ्ग रुमलाई २४ घण्टा सीसीटीभी क्यामेराले कभर गरिनेछ। बाहिर सशस्त्र पुलिस तैनाथ हुनेछन्। चुनावको दिन पानी परेमा मैनागढी हाईस्कुलको प्रवेशद्वारलाई शेडले छोपेर मतपेटिका सुरक्षित रुपमा ल्याउने व्यवस्था मिलाइनेछ। मैनागढी बीडीओ शुभ्रा नन्दीले हामीलाई फोनमा यो जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement