सबै सुरक्षित
बिजनबारी: पञ्चायत चुनाउलाई केन्द्र गरेर चुनाउकै काम लिएर खरसाङबाट बिजनबारीतर्फ आइरहेको चुनाउकर्मीहरूको वाहन आज बिहान जामुने नजिकै दुर्घटनाग्रस्त बनेको छ। डब्ल्युबी७६-५१४९ नम्बरधारी चारचक्के वाहन जामुने नजिकै दुर्घटनाग्रस्त भएको थाहा लागेको छ भने दुर्घटनाको कारण वाहनको ब्रेक फेल रहेको चालक स्वमले बताएका छन। वाहनको ब्रेक फेल भएपछि चालकको समझदारीले वाहनलाई भित्तातर्फ लगेपछि वाहन अनियन्त्रित भइ बाटोमा पल्टिएको थाहा लागेको छ भने दुर्घटनामा वाहनमा सवार चुनाउ कर्मीहरू कोही पनि गम्भीर घाइते नभएको सबैलाई सामान्य चोट लागेको बताइएको छ । जानकारीअनुसार चुनाउकर्मीहरू तालिमका लागि खरसाङबाट बिजबारीतर्फ जाँदै थिए। अर्कोतिर दुर्घटनाको स्थलगत निरक्षण गरि प्रशासनले जाँच शुरु गरिसकेको थाहा लागेको छ।