भागोप्रमोद्वारा असारको पन्ध्र पालन गर्दै वृक्ष रोपनको कार्य सम्पन्न

IMG-20230630-WA0379.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गाडीधुरा मेरियनबारी खण्ड समितिको तत्परतामा तथा स्थानीय संजोग रोका सार्कीको पहलमा आज असार पन्ध्रको अवसर पारेर अमृतबस्ती खेल मैदान परिसरमा वृक्ष रोपन कार्यक्रमको आयोजना गरियो। समस्त ग्रामबासीहरूको सहयोगमा भएको वृक्ष रोप्ने कार्यक्रमबारे जानकारी गराउदै संजोग रोकाले असार पन्ध्रको पुरानो परम्परा धान रोपेर मनाउन पर्ने भए तापनि हाल यस क्षेत्रमा धानको खेती नगरिने भएकोले पर्यावरणलाई संरक्षण गर्ने उद्धेश्यले वृक्ष रोप्ने कार्य गरेको बताए। यस कार्यको निम्ति कुनै जाति,पार्टी नहेरि गाँउलाई स्वच्छ राख्ने यस कार्यमा ग्रामबासीले सहयोग पुराएको उनले बताए। आजको यस कार्यक्रमाको पहल गरेकोमा भागोप्रमो खरसाङ महकुमा समिति तथा स्थानीय गाडीधुरा निवासी अनुप रामुदामुले संजोग रोकालाई धन्यवाद दिँदै यस प्रकारको सोँच सबैले राख्नु पर्ने बताए। यहाँ मात्र नभई पहाडभरि नै वृक्ष रोप्ने कार्य गरे हाल देखिने प्रकृतिक प्रकोपबाट बाँच्न सकिने उनले बताए। आजको यस कार्यक्रमा सहयोग पुऱ्याउन क्षेत्रीय सभासद् कल्पना प्रधान विशेष रूपले उपस्थित थिइन् भने गाडीधुरा मेरियनबारी खण्ड समिति सभापति सुवास छेत्री, समष्टि सह सचिव कुनाल छेत्री, धूर्व प्रसाद शर्मा, रोशन विश्वकर्मा, कौशिला विश्वकर्मा,बुद्ध घिसिङ्ग,नकुल विश्वकर्मा,दिपिका किसान साथै ग्रामबासीको बाक्लो सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement