खरसाङ: एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारे शाखाद्वारा ब्राञ्च सभा सम्पन्न भएको छ। उक्त सभामा इम्प्लोइज युनियन केन्द्रीय महासचिव मुनिन्द्र साईका विशेष रूपमा उपस्थित रहेका थिए। इम्प्लोइज युनियनको केन्द्रीय पदाधिकारीहरूका उपस्थिति अघि तीनधारे ब्राञ्च कमिटीको सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारेको सभापति कुमार भुजेलको अध्यक्षता र सचिव बिराज प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा एनएफ रेलवे इम्प्लोइज युनियनको महासचिव मुनिन्द्र साईकाले विशेष रूपमा सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा रेलवे कर्मचारीहरूका पुरानो पेन्सन स्कीम हटाएर सरकारले नयाँ पेन्सन स्कीम लागु गरेकोमा विरोध गर्दै अान्दोलन गरिरहेको बताउँदै नयाँ स्किम योजनामा केही नरहेको तर पुरानो पेन्सन स्किममा जीवन सुरक्षित रहेको बताएका छन्। उनले पुरानो पेन्सन स्कीममा पूरा परिवार पनि सुरक्षित रहेको थियो तर नयाँमा सुरक्षित नरहेको र कसैले केही नपाउने बताए। उनले यो नयाँ पेन्सन स्कीमले हाम्रो जिन्दगी बर्बाद बनाएको छ भनी बताएका छन्। महासचिव साईकाले भने, हामी हाम्रो आन्दोलन जारी राख्नेछौं जबसम्म सफल हुँदैन। यही नै इम्प्लोइज युनियनको सिध्दान्त हो। कोविडको समयमा रेलवे कर्मचारीहरूले देशको लागि दियो अनि देशको लागि योगदान पनि दियो। तर रेलवे कर्मचारीहरूले केही पाएको छैन।’
उनले अघि भने, ‘ब्यांकको पैसा सरकारले एलआईसी र कोरपोरेट सेक्टरमा पैसा निवेस गरेको छ। देशको करोडौं पैसा लिएर भागेकाहरू जनताको पैसा लिएर भागेको हो। त्यो पैसा सरकारको होइन जनताको हो। नयाँ पेन्सन स्कीमको विरोधमा सबै कर्मचारीहरू एकबध्द भएर लड्नुपर्छ। हामीले गरेको आन्दोलन अवश्य पनि सफल हुनेछ। रेलवे इम्प्लोइज युनियनले सरकारलाई शान्तिसित बस्न दिने छैन। यसै सभामा नयाँ रेलवे कर्मचारीहरूलाई स्वागत जनाइएको थियो भने इम्पोलइज युनियन तीनधारे शाखाद्वारा केन्द्रीय समिति समक्ष विभिन्न समस्याहरू समाधान गरिदिने मांगमा ज्ञापन पत्र पनि सुम्पेका थिए। यसै क्रममा युनियनका पदाधिकारीहरू समक्ष डीएचआर क्षेत्रको समस्याहरू साथै स्थानीय विभिन्न समस्याहरू र ईञ्जिनियरिङ विभागका कर्मचारीहरूका विभिन्न समस्याहरू विषयमा स्थानीय रेलवे कर्मचारी शिव छेत्रीले जानकारी गराएका थिए।
सभामा इम्प्लोइज युनियनको डिभिजन सभापति मनिष कुमार, सचिव रुपेस कुमार, कोषाध्यक्ष मनिष कुमारले पनि सम्बोधन गरेका थिए। यस अघि भएको सभामा कुमार भुजेल, गौरव नाइक, शिव छेत्री, नरेन बम्जन, सचिन राई, प्रकाश लामा, दिपक कुमार टोप्पो आदिले सम्बोधन गरेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै इम्प्लोइज युनियन केन्द्रीय महासचिव मुनिन्द्र साईकाले विस्तृत रूपमा जानकारी गराएका छन् ।