सिलगढी: सुकनामा रुख ढल्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको समाचार छl दुईजना व्यक्ति स्कुटरमा गइरहेका बेला मोहोरगोंग गेट नजिक यो दुर्घटना भएको जानकारी प्राप्त भएको छ। पुलिस घटनास्थलमा पुगेर जाँच गरी उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालमा पठाएको छ। सो क्षेत्रमा अझ दुईवटा रुख ढल्न लागेको अवस्थामा रहेको समाचार छ।








