जलपाइगढी: रातिदेखि भारी वर्षा भइरहेको केन्द्रीय बाढी नियन्त्रण बोर्ड, जलपाइगढीका अनुसार आज बिहान ८ बजेसम्म गत २४ घण्टामा ७१.२० मिमी, माथाभाङ्गा ३२.६० मिमी, सिलगढी २७.६० मिमी र मालबजार ३०.०२ मिमी वर्षा भएको छ। उत्तर बङ्गालमा टिष्टा, जलढाका, गिलान्डी डुडुआलगायतका विभिन्न नदीमा पानीको बहाव क्रमशः बढ्दै गएको छ। मेखलीगञ्ज र दोमोहनी हुँदै बग्ने टिस्टा नदीका दुवै किनारका असुरक्षित क्षेत्रमा पहेँलो चेतावनी जारी गरिएको छ।
अविरल वर्षाका कारण यी नदी आसपासका क्षेत्रमा जुनसुकै बेला बाढीको अवस्था आउन सक्ने सरोकारवाला पक्षको धारणा छ। आज पनि जिल्लाका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। सहरका धेरै ठाउँमा पानी जमेकाले यात्रीलाई समस्या भएको छ।