जलपाइगढी: जुन २८ देखि जुलाई २ सम्म उत्तर बंगालका विभिन्न जिल्लाहरूमा भारी वर्षाको सम्भावनालाई लिएर विभिन्न चेतावनीहरू जारी गरिएको छ। जलपाइगढी जिल्लामा हल्कादेखि भारी वर्षाको चेतावनी जारी गरिएको छ। जिल्लामा बुधबार रातिदेखि लगातार मध्यमदेखि भारी वर्षा भइरहेको छ। उत्तर बङ्गालको टिष्टा, जलढाका, गिलान्डी, डुडुवालगायतका नदीमा क्रमशः पानी बढ्न थालेको छ। यसरी दिनरात जिल्लाभर वर्षा भए बाढीको अवस्था आउन सक्ने अनुमान गरिएको छ।