प्रधानमन्त्रीले १ जुलाईमा मध्य प्रदेशको भ्रमण गर्ने

00-1-PM-Modi-1

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले १ जुलाई, २०२३ मा मध्य प्रदेशको भ्रमण गर्नेछन्। अपराह्न करिब ३:३० बजे प्रधानमन्त्रीले शाहडोलमा आयोजना हुने सार्वजनिक कार्यक्रममा सहभागी भएर राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियानको शुभारम्भ गर्नेछन्। यस अवसरमा उनले लाभार्थीहरूलाई सिकल सेल जेनेटिक स्टेटस कार्ड पनि वितरण गर्नेछन्।

मिशनले विशेष गरी आदिवासी जनजातिहरूमा सिकल सेल रोगले उत्पन्न गरेका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। सन् २०४७ सम्ममा जनस्वास्थ्य समस्याका रूपमा सिकल सेल रोग उन्मूलन गर्न सरकारको चलिरहेको प्रयासमा यो प्रक्षेपण एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हुनेछ। राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन मिशनको घोषणा केन्द्रीय बजेट २०२३ मा गरिएको थियो। यो देशका गुजरात, महाराष्ट्र, राजस्थान, मध्य प्रदेश, झारखण्ड, छत्तीसगढ, पश्चिम बंगाल, ओडिशा, तमिलनाडु, तेलेङ्गाना, आन्ध्र प्रदेश, कर्नाटक, असम, उत्तर प्रदेश, केरला, बिहार र उत्तराखण्ड जस्ता १७ उच्च केन्द्रित राज्यका २७८ जिल्लाहरूमा लागू हुनेछ।

प्रधानमन्त्रीले मध्य प्रदेशमा करिब ३.५७ करोड़ आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (एबी- पीएमजेएवाई) कार्ड वितरणको शरुआत पनि गर्नेछन्। राज्य भरका शहरी निकाय, ग्राम पंचायत र विकास खण्डहरूमा आयुष्मान कार्ड वितरण समारोह आयोजना गरिएको छ। आयुष्मान कार्ड वितरण अभियान कल्याणकारी योजनाहरूको शतप्रतिशत संतृप्ति सुनिश्चित गर्न प्रत्येक लाभार्थीसम्म पुग्ने प्रधानमन्त्रीको दृष्टिकोणलाई साकार पार्ने एक कदम हो। कार्यक्रममा प्रधानमन्त्रीले १६औँ शताब्दीको मध्यमा गोण्डवानाकी महारानी रानी दुर्गावतीलाई सम्मान गर्ने कार्यक्रम छ। उनलाई मुगल विरुद्ध स्वतन्त्रताको लागि लडेकी बहादुर, निडर तथा साहसी योद्धाको रूपमा स्मरण गरिन्छ।

अनौठो पहलमा प्रधानमन्त्रीले साँझ ५ बजे शाहडोल जिल्लाको पकारिया गाउँमा पुगेर जनजाति समुदायका नेतागण, स्वयं सहायता समूहहरू, पेसा पंचायत (अनुसूचित क्षेत्र विस्तार) ऐन, १९९६ समितिका नेताहरू र गाउँ फुटबल क्लबहरूका कप्तानहरूसँग अन्तरक्रिया गर्नेछन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement