सिलगढी। सिलगढीमा आज एउटा सुन व्यापारीसित लुटपाटको घटना प्रकाशमा आएको छ। बेलुकी आफ्नो दोकान बन्द गरेर घर फर्किरहेका एकजना सुन ब्यापारीको नगद राशी लगायत बहुमूल्य गरगहना लुटेर दुष्कर्मीहरू चम्पट कसे। यो घटना सिलगढी विधान रोडको हो। सुन व्यापारी प्रदिपकुमार पाल आफ्नो दोकान सँधै जस्तो बन्द गरेर घर फर्किरहेका थिए। विधान रोडमा अचानक केही बाइक सवारी बदमासहरुले तिनको हातैबाट व्याग थुतेर भागेको उनले बताएका छन्। घटनाको खबर पाएर सिलगढी पुलिस लगायत डी सी पी जोय टुडू र एस पी शुभेन्द्र कुमार पनि घटनास्थलमा पुगेर घटनाको जायजा लिए्। वार्ड नम्बर १२ का पार्षद बासुदेव घोष पनि घटनास्थलमा पुगे।सुन व्यापारीले बताएनुसार त्यस ब्यागमा लाखौ रुपियाँ लगायत बहुमूल्य गरगहना पनि थियो।सिलगढी पुलिसले यस घटनाको जाँच शुरु गरिसकेको बताएका छन्।









