सिलगढी: शुक्रबार, नक्सलबारी ब्लकको पानीघाटा रोडको छेउमा रहेको कमलपुर चिया बगैंचामा राइफलम्यान सञ्जय उराँउको प्रतिमा अनावरण गरिएको थियो। सञ्जय उराँवले देशका लागि आफ्नो प्राण आहुति दिएका थिए।यसरी शहीद बनेर कमलपुरको नाम इतिहासको पानामा लेखाएका छन्। चियाबारीमा उनको परिवार र स्वयंसेवी संस्थाको सहयोगमा मूर्ति स्थापना गरिएको हो।

कार्यक्रममा चिया बगान मालिकहरु पनि सम्मानका साथ सहभागी भएका थिए।