समर कप भेटरन्स फूटबल टुर्नामेण्टमा लिम्बु बस्ती युनाइटेड एफसी च्याम्पियन

IMG-20230630-WA0240.jpg

३० जूनः महानन्दा भेटरन्स, सिलगढ़ीको तत्त्वावधानमा आयोजित समर कप भेटरन्स फूटबल टुर्नामेण्टमा लिम्बु बस्ती युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। मार्गरेट स्कूल मैदानमा बिहीवार खेलिएको फाइनलमा राजेश छेत्रीको कप्तानीमा रहने लिम्बु बस्ती युनाइटेड एफसी-ले सिलगढ़ी भेटरन्सलाई टाईब्रेकरमा ३-२ ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टीमलाई च्याम्पियन बनाउनमा गणेश शर्मा, उदय लिम्बु, कुबेर छेत्री, करण राई, बिर्जु लिम्बु, विजय सुब्बा, अमिर छेत्री अनि सन्दीप छेत्रीको महत्त्वपूर्ण योगदान रहेको थियो। टोलीको असाधारण प्रदर्शनमा लिम्बु बस्ती युनाइटेड एफसी-का प्रशिक्षक दिपक रोय र म्यानेजर बुलु गुरुङले खुशी व्यक्त गरेका छन्।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसबाहेक च्याम्पियन टीमका सचिन्द्र धिमाललाई प्लेयर अव् द म्याच र गौतम सुब्बालाई बेस्ट गोलकीपर चयन गरियो। फेयर प्ले ट्रफी प्रधान नगर एफसी-ले जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement