गान्तोक। एकजना २० बर्षीय छात्र एसटी लेप्चा अचानक कलेज परिसरमा नै बिहोस बनेर लड़ेको थियो। तिनी सिक्किमको नरबहादुर भण्डारी स्मृति महाविद्यालयका छात्र हुन्। तिनलाई साथसाथै मणिपाल अस्पतालमा पुऱ्याउँदा चिकित्सकहरुले तिनको मृत्यु भएको घोषणा गरेको थियो।
थाहा लागेअनुसार, सिक्किमको सोरेङ जिल्ला अन्तर्गत देन्ताम निवासी एसटी लेप्चा सिक्किम नरबहादुर भण्डारी स्मृति सरकारी महाविद्यालयको कमर्स विभागमा दोस्रो सेमिस्टरको छात्र थिए भने आज कलेज परिसरमा नै तिनको स्वास्थ्य अचानक बिग्रिएर मुर्छित बन्दा कलेजको छात्राहरु र शिक्षकहरुको हातेमालोमा तिनलाई गान्तोक मनिपाल अस्पतालमा उपचारको निम्ति लगिएको थियो तर दैवको लिला तिनको मृत्यु भईसकेको चिकित्सकहरूले बताउँदा आज कलेजमा शोकको कालो बादल छाएको थियो।










