दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज अध्यक्ष मन घिसिङको उपस्थितिमा दही चिउरा खाएर असार पन्ध्र मनाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
केन्द्रीय समिति प्रवक्ता वाई लामाले प्रेस बिज्ञप्ति जारी गर्दै भने, आज केन्द्रीय कार्यलयमा अध्यक्ष मन घिसिङको उपस्तिथिमा दही चिउराको टीका लगाएर दही चिउरा खाएर असार पन्ध्र मनाएको वाई लामाले जानकारी गराउदै भने, हामी जनजाति भएको कारण आफ्नो संस्कृति अनि परम्परालाई संरक्षण गर्नको निम्ति दही चिउरालाई गोरामुमोले पालन गर्दै आएको हो। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले आफ्नो संस्कृति अनि परम्परालाई संरक्षण गर्नको निम्ति यस पर्वलाई पालन गरिनु पर्ने भएकोले गोरामुमोले यस पर्वलाई पालन गर्दै आएका छन्। यसलाई निरन्तरता दिदै अध्यक्ष मन घिसिङ द्वारा पनि प्रत्येक बर्ष पालन गर्दै आएको वाई लामाले जानकारी दिएका छन्। आज देश भरी आ-आफ्नै तरिकाले असार पन्ध्र मनाउँछ तर गोर्खाहरुको आफ्नै तरिका छन्। तर गोर्खाहरुले यस दिन दही चिउरा खाएर यस पर्वलाई मनाउने चलन छ। भारत भरी छरिएर बसोबास गर्ने सम्पुर्ण गोर्खे सन्तानलाई गोरामुमो अध्यक्ष मन घिसिङको तर्फबाट असार पन्ध्रको शुभकामना व्यक्त गरेको वाई लामाले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन्।