सिलगढी: सिलगढीको मतिगढास्थित बिक्की अटो, मारुती शोरुममा चोरीले पूरै क्षेत्रमा सनसनी मच्चाएको छ। प्राप्त जानकारी अनुसार आज लगभग ४:३० बजे बिहान केही अज्ञात डकैतहरू शो रूममा आएर त्यहाँ २ कार्यरत् सुरक्षा गार्डहरूलाई हतियार देखाएर कुटपिट गर्नको साथै हात-खुट्टा अनि मुख बाँधी बन्दक बनाएर नगद २४ लाख रुपैयाँ लुटेका छन्। अर्कोतिर, बिक्की अटोका डाइरेक्टरले जनाए अनुसार हिज बिहिबार ईद भएकोले गर्दा ब्याङ्क बन्द रहेको थियो जसले गर्दा यी नगद रूपियाँ कार्यालयको क्यास बक्समा राखिएको थियो भने चोरहरूले उक्त रूपियाँ बक्ससहित चोरी गरेर लगेको छ। सम्पूर्ण घटना सीसीटीभी-मा कैद भएको पनि तिनले जानकारी गराएका छन्। घटना लगत्तै माटिगरा पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरु गरेको छ।