ममता बनर्जी हत्याको राजनीति खेलेर पञ्चायत चुनाव जित्न चाहन्छिन्: दिलीप घोष

vlcsnap-2023-06-30-10h36m26s232.png

कोलकाता: सत्तामा आएदेखि ममता बनर्जीले पञ्चायतमा लुटपाट, भ्रष्टाचार र हत्या गरिरहेकी छिन्। खड़गपुरका सांसद तथा बीजेपीका केन्द्रीय उपाध्यक्ष दिलीप घोषले शुक्रबार बिहान जेठिया ग्राम पञ्चायतको हलिसहर स्टेसन रोडमा चाइ पे चर्चामा सहभागी हुने क्रममा यस्तो विस्फोटक आरोप लगाएका थिए, बन्दुक चलिरहेको छ, हाम्रा कार्यकर्ता मारिएका छन्। दिलीप घोष भने ‘उनीहरुलाई पुलिसलाई विश्वास छैन र पुलिस ले केही गरिरहेको छैन। सरकार रगत बगाएर पञ्चायतको चुनाव जित्न चाहन्छ।’ यससँगै उनले केन्द्रको मोदी सरकारले ग्रामीण विकासमा गरेको कामको प्रतिवेदन पनि प्रस्तुत गरेका थिए। प्रदेशमा जारी हिंसालाई रोक्न राज्यपाल आफैंले जिल्लागत भ्रमण गरेर अवस्थाको जानकारी लिइरहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement