फोहोर प्रबन्धनमाथि जीएमसीको उच्चस्तरीय बैठक

IMG-20230629-WA0381.jpg

गान्तोक: गान्तोक नगर निगमले आज देउरालीस्थित कार्यालयको सम्मेलन हलमा विभिन्न एजेन्सीहरूसँग बैठक बोलायो। बैठकमा नगरपालिका क्षेत्र भित्रको घरदैलोमा फोहोर संकलन गर्ने जिम्मा पाएका २४ वटा आउटसोर्स एजेन्सीहरुको सहभागिता रहेको थियो। उपमेयर छिरिङ पाल्देन भोटिया, नगरपालिका आयुक्त, पार्षदहरु र अधिकारीहरुको उपस्थितिमा मेयर निल बहादुरद्र छेत्रीले बैठकबारे बताए। बैठकको मुख्य एजेण्डा घरदैलोमा छुट्याइएको फोहोर सङ्कलन गर्ने र सडक किनारमा फाल्नुको सट्टा सिधै जीएमसीका वाहनहरुमा फ्याक्ने विषयमा छलफल भएको थियो। नगरपालिका आयुक्तले नगरपालिका नियम २०१६ अनुसार व्यवस्थित कार्यनीति र आउटसोर्स एजेन्सीहरूबाट समन्वयबारे उल्लेख गरे। गान्तोक नगर निगमले विभिन्न जागरूकता कार्यक्रमहरू सञ्चालन गरेको र विभिन्न सामाजिक सञ्जालहरू मार्फत प्रचार गरेको जानकारी गराएको थियो। घरायसी तहमा फोहोरको उचित पृथकीकरणका लागि सबैलाई सचेत गराउन सूचना जारी गरेको बताइयो। बैठकले सबै आउटसोर्सिङ एजेन्सीहरूले घरपरिवारबाट छुट्टै फोहोर मात्रै संकलन गर्ने निर्णय गरेको छ। उपमेयरले सेवा सुधार गर्न नयाँ तरिकाहरू खोज्न अनुरोध गर्दै नियम र निर्देशनलाई कडाईका साथ पालना गर्न सबैलाई अनुरोध गरिन्। मेयर छेत्रीले आउटसोर्स एजेन्सीहरूलाई सहयोग गर्ने र सडक छेउमा फोहोर नराखी सेवा सुधार गर्न पर्याप्त समय दिने र तोकिएको सवारीसाधनमा फोहोर सिधै जम्मा गर्ने निर्देशन दिए। मेयरले फोहोर व्यवस्थापन सेवा सुधार गर्न प्रतिबद्ध रहेको र राज्य सरकारको समन्वयमा विभिन्न उपायहरू पहिले नै थालिएको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement