काठमाडौं: अलिबाबाका संस्थापक चिनियाँ अर्बपति ज्याक मा नेपाल भ्रमण गरेर पाकिस्तान गएका छन्। उनी मंगलबार चाटर्ड विमानबाट काठमाडौं आएर बिहीबार राति पाकिस्तानको लाहौर गएका हुन्। बिहीबार रातको सवा ११ बजे ज्याकमा चढेको विमान त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ। ज्याक मा नेपाल बसाईका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भु पुगेका थिए। उनी बुधबार नेपालको मुख्य सब्जी बजार कालिमाटी पुगेर कारबाटै अवलोकन गरेका थिए। ज्याक माले भक्तपुर दरबार क्षेत्रमा रहेको हस्तकलाका सामान पाइने पसलबाट केही सामान पनि खरिद गरेका थिए। काठमाडौंको होटल द्वारिकाजमा बसेका ज्याक मा किन नेपाल आए भन्ने अझै खुलेको छैन। बंगलादेशको ढाकाबाट मंगलबार ज्याक मा काठमाडौं उत्रिएका थिए। दुई दिन नेपाल बसाईंपछि बिहीबार उनी पाकिस्तानतर्फ उडे। – हिस