कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउलाई केन्द्र गरी जारी हिंसा र हंगामाबीच थप २० कम्पनी केन्द्रिय बलहरूका जवान बिहिवार पश्चिम बंगाल पुगेका छन्। यी जवानहरूलाई राज्यको बीरभूम जिल्लामा ल्याइएको छ। बंगालमा पहिलेदेखि नै ४४५ कम्पनी केन्द्रिय बलहरूका जवान छन्। अतिरिक्त २० कम्पनी तैनात भएपछि यो संख्या बढ़ेर ४६५ भएको छ अर्थात् ४० हजार केन्द्रिय बलहरूका जवान बंगाल आइसकेका छन्। यति नै संख्यामा थप जवानहरूलाई बंगाल ल्याइनेछ।
उल्लेख्य, कोलकाता हाईकोर्टको आदेशमा पश्चिम बंगालमा ८२ हजार केन्द्रिय बलहरूका जवानहरूको तैनाती हुनुछ। यद्यपि, अर्धसैनिक बलहरूका जवानहरू बंगाल पुगेपछि पनि राज्य चुनाउ आयोगले उनीहरूको नियुक्तिको रूपरेखा तयार पार्न नसकेको आरोप लागिरहेछ। सूत्रहरू अनुसार, अब जब थप २० कम्पनी केन्द्रिय बलहरूका जवान आएका छऩ्, बीरभूम जिल्ला प्रशासनको साथ तालमेल बनाएर उनीहरूको आज नै तैनाती गरिनेछ।
-हिस