कोलकाताः पश्चिम बंगालमा शिक्षक नियुक्ति भ्रष्टाचारको जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो र प्रवर्तन निदेशालय (ईडी) अधिकारीहरू लगातार नयाँ साक्ष्य हासिल गर्नमा जुटेका छन्। सीबीआईको सूत्रहरूले जानकारी गराएको छ, हालमा राज्यका जुन १४ नगर पालिकाहरूमा छापा मारिएको थियो, त्यसबाट १८ देखि २० हजार पन्नाको दस्तावेज उद्धार गरिएको छ। यसमा चार नगर पालिकाहरूको दस्तावेजहरूमा लगभग १००० ओएमआर शीट छन्। नियमानुसार यी ओएमआर शीट नगर पालिकाहरूमा हुनु हुँदैन। यसलाई नगर पालिकाहरूमा किन राखिएको थियो र यसको पछाड़ी कस-कसको हात थियो, सीबीआई टीमले यसको जाँच गरिरहेछ।
केन्द्रिय एजेन्सी अनुसार, जसको ओएमआर शीट उद्धार गरिएको छ, उनीहरूको नामको एक सूची बनाइएको छ। उनीहरूसित एक-एक गरी सोधपुछ शुरू गरिनेछ। यी सबै नगरपालिकाहरूमा अहिले नियुक्त छन् र नौकरी गरिरहेका छन्।
उल्लेख्य, शिक्षक नियुक्ति भ्रष्टाचार प्रकरणमा पक्रा परेको तृणमूल कांग्रेसको निष्कासित नेता एवं प्रमोटर अयन शीलको फ्ल्याटबाट नगर पालिकाहरूमा नियुक्तिसित सम्बन्धित ओएमआर शीट उद्धार भएको थियो। उसले न केवल शिक्षक तर नगरपालिका र राज्यका अन्य सरकारी नौकरीहरूमा पनि रूपियाँको साटो नियुक्तिहरू गराएको भनी थाहा लागेको थियो। यस क्रममा हाईकोर्टको आदेशपछि केन्द्रिय एजेन्सीले जाँच गरिरहेछ।
-हिस