सिलगढ़ीः पोखरीबाट एक व्यक्तिको शव उद्धार भएपछि क्षेत्रमा सनसनी फैलेको छ। घटना बिहिवार खोरीबाड़ी ब्लकको मोहिपाल जोत क्षेत्रको हो। मृतकको नाम शरत लाल सिंह (६३) बताइएको छ।
स्थानीय मानिसहरू अनुसार, हिजो रातिदेखि शरत लालको अत्तोपत्तो थिएऩ। आज केही मानिसहरूले पोखरीमा एक व्यक्तिको शव देखे। यो खबर फैलिनसाथ क्षेत्रमा मानिसहरूको भीड़ लाग्यो। घटनाको सूचना पाएपछि खोरीबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो। जसपछि शवलाई पोखरीबाट बाहिर निकालियो। मृतकको पहिचान शरत लालको रूपमा गरियो। अहिले शवलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ। स्थानीय मानिसहरूको भनाई छ, मदिरा पिएर पोखरीमा लड्दा शरतको मृत्यु भएको हो।
-हिस