खाम्दोङ सिङताममा एनआईटी स्वीकृतिका लागि सरकारप्रति कृतज्ञता प्रकट

skm..._303

गान्तोकः सिक्किम सरकारबाट प्रदान गरिने सहुलियतको निष्पक्ष वितरणका लागि रालप लिङ्खु वार्डका जनताले सन्तुष्टि व्यक्त गर्दै सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरेका छन्।

पूर्व सिक्किमको खाम्दोङ सिङताम निर्वाचन क्षेत्र अन्तर्गत रालप लिङ्खु वार्डमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्डस्तरीय समन्वय सभा आयोजन गरियो। सोही सभामा स्थानीय गाउँलेहरूले यस्तो विचार प्रकट गर्दै सरकारप्रति आभार व्यक्त गरेको एसकेएमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विशेषगरी पार्टीलाई तृणमूल स्तरबाट बलियो बनाउने उद्देश्यका साथ आयोजना गरिएको सभाको अध्यक्षता पूर्व विधायक एम प्रसाद शर्माले गरेका थिए। सभामा जिल्ला पञ्चायत, वार्ड पञ्चायत, गान्तोक जिल्लाका युवा सचिव विशाल छेत्री, सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङ, दुङदुङ थासा जीपीयूका पञ्चायत अध्यक्ष देवी प्रसाद सुवेदी, सामाजिक सेवा प्रकोष्ठकी महासचिव रूपा कार्की लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

सभामा स्थानीय गाउँलेहरूले खाम्दोङमा सिक्किम सरकारले एनआईटीका लागि स्वीकृति प्रदान गरेकोमा सरकारको निर्णयको प्रशंसा गर्दै कृतज्ञता प्रकट गरेको बताइएको छ। साथै एसकेएम सरकारले शुरू गरेका विविध योजना जस्तै आमा, बहिनी, सिक्किम गरीब आवास योजना, कृषि, बागवानी, पशुपालन जस्ता योजनाहरूको निम्ति पनि गाउॅंलेहरूले सरकारलाई धन्यवाद दिएको बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement