आन्दोलन विथोल्नेहरूले किपटको कुरा गर्न सुहाउँदैन – गोपाल परियार

IMG-20230629-WA0340.jpg

दार्जीलिङ: आन्दोलन बिथोल्नेले किपटको कुरा गर्न सुहाउँदैन भनी हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव नगरपार्षद गोपाल परियारले बताएका छन्।गोर्खा संयुक्त गठबन्धनले रानी वन सार्वजनिक भवनमा चुनावी सभाको आयोजना गरेको थियो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा गोपाल परियारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापातिर इशारा गर्दै गत २०१७ को आन्दोलनलाई राज्यको तृणमूल सरकारसंग हात मिलाएर बिथोल्ने मान्छेले आज आफ्नो किपट र क्षेत्रीयवादको कुरा गर्दैछ। उनलाई किपट र क्षेत्रीयवादको कुरा गर्न नसुहाउँने तिनले बताए। तिनले भागोप्रमो अध्यक्ष एंव जीटीए चिफ् अनित थापाको नाम उच्चारण गर्दै अघि भने, उनले जहिले पनि सिस्टमको कुरा गर्छ तर सिस्टम भने शून्य छ। त्यसैले म उनलाई सिस्टम बाबाको नामले सम्बोधन गर्न चाहान्छु, २०१७ को आन्दोलनलाई सिस्टम बाबाले राज्यको तृणमूल सरकार संग मिलेर आन्दोलन विथोल्ने काम गरेको थियो। गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष विमल गुरूङलाई धोखा दिएका थिए।सिस्टम बाबाहरूले बंगालसंग आत्मा समर्पण गरेर पहाडको शिर झुकाएका थिए। आज उनीहरूले नै किपट र क्षेत्रीयवादको कुरा गर्दैछ। जुन ब्यक्तिले कोरोना संक्रमणकालमा चिया श्रमिकहरूको नाममा संग्रह गरिएको रिलिफ फण्ड खाएका छन् उनले आज किपट र क्षेत्रीयवादको कुरा गर्दैछ,फर्जी टेट परिक्षाको नाममा ४० हजार युवा भाइ बहिनीहरूको भविष्य संग खेलवाड गरेको छ। उसैले आज किपट र क्षेत्रीयवादको कुरा गर्दैछ तर सबैभन्दा अचम्मै लाग्दो विषय यस्ता व्यक्तिलाई आज पञ्चायत चुनावको अवधि किपट र क्षेत्रीयताको कुरा कहाँबाट याद आयो परियारले प्रश्न तेर्साए। उनले अझ भने, पहाडमा धेरै वर्षपछि पञ्चायत चुनाव हुन जाँदैछ। यो अति नै राम्रो कुरा हो। पञ्चायती व्यवस्था संवैधानिक व्यवस्था हो। यस पञ्चायती व्यवस्थाले ग्रामीण क्षेत्रहरूमा विकासको मूल फुटाउने छ। हाम्रो उम्मेद्वारहरूले आफ्नो गाउँ र क्षेत्रको निम्ति केही गर्छु भन्ने सोच र संकल्प लिएर चुनावी मैदानमा ओर्लिएका छन् अनि हाम्रो उम्मेद्वारहरूलाई विजय तुलाउने हाम्रो दाहित्व हो अनि विजय भएपछि उनीहरूले चुनावको अवधि गरेको वाचाहरू पूरा गर्ने उनीहरूको पनि जिम्मेदारी रहेको परियारले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement