गोर्खा संयुक्त गठबन्धनको चूनावी सभा सम्पन्न

IMG-20230629-WA0316.jpg

पहाडलाई माया गर्ने र गोर्खा जातिलाई माया गर्ने पार्टीहरू जातीय सुरक्षाको निम्ति हामी एकबद्व भएका हौं: पुरण तामाङ

दार्जीलिङ: जातिलाई बचाउन गोर्खा संयुक्त गठबन्धनको गठन भएको हो र राज्य सरकारसँग मिलेर गोर्खा जाति मास्नेहरूलाई जवाफ दिनुपर्छ भनी हाम्रो पार्टीको महकुमा समितिको अध्यक्ष पुरण तामाङले बताएका छन्। यहाँको रानी वनस्थित सार्वजनिक भवनमा आज गोर्खा संयुक्त गठबन्धनको सभा सम्पन्न भयो।आयोजित चुनावी सभामा गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष विमल गुरूङ विशेष रूपमा उपस्थिति रहेका थिए। त्यसरी नै हाम्रो पार्टीको पक्षबाट महकुमा समिति अध्यक्ष पुरण तामाङ, केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री, केन्द्रीय प्रमुख सल्लाहकार राजु सुब्बा,सभासद प्रतिम सुब्बा आदि उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पुरण तामाङले यो चुनावी अवस्थामा मान्छेको हेर्ने र सोच्ने अवस्था आ-आफ्नो हुन्छ। यो चुनावी स्थितिमा हामीले किन गठबन्धन गर्नु परयो भन्ने विषयमाथि पनि धेरैले प्रश्नहरू तेर्साउँदै आईरहेका छन। धेरैले भन्ने चुनावको समयमा मात्र किन गठबन्धन हुन्छ आदि जस्ता प्रश्नहरू पनि तेर्साईरहेका छन् अनि हाम्रो गठबन्धनमाथि आरोप र लाञ्छनाहरू लगाउने कार्य पनि भईरहेको उनले बताए।

उनले अघि भने, म नेपालको नेपालीहरूको कुरा गर्दिन, भारतमा बस्ने हामी जति पनि गोर्खाहरू छौं हाम्रो स्थिति र हाम्रो सन्तानको भविष्य डामाडोल भएको छ अनि यो गोर्खे सन्तानको भविष्यलाई बचाउनको निम्ति हामी एकबद्व हुन परेको हो। जातिलाई मासेर छर छिमेकी जतासुकै जायोस् तर आफ्नो नीजि स्वार्थको निम्ति बंगाल सरकारसंग मित्रता गाँसेको छ अध्यक्ष तामाङले भने। सत्ताको चौकीमा बस्ने लोभीहरूको कारणले गर्दा आज हाम्रो भावी सन्तानको भविष्य अन्धकारतिर जान्दैछ। त्यसकारण हामी पहाडलाई माया गर्ने, गोर्खा जातिलाई माया गर्ने पार्टीहरू जातीय सुरक्षाको निम्ति हामी एकबद्व भएका हौं अध्यक्ष तामाङले भने। गोर्खा जातिलाई मास्नेहरूलाई सही समय आएको छ अनि तपाई हामी एकबद्व भएर त्यसको जवाफ दिनुपर्छ भन्दै हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पुरण तामाङले उपस्थित भीडलाई आह्वान् गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement