सबैले दिल्लीको बाटो ताक्दो रैछ र नै म पनि जातिको मुद्दाको लागि भाजपामा सामेल भएको हो: दया देवान

IMG-20230629-WA0336.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका एक शीर्ष नेता दया देवानले हिजो भारतीय जनता पार्टीलाई समर्थन जनाएपछि आज पहिलोचोटि खरसाङमा पत्रकारहरूलाई सम्बोधन गरे। उनले आफूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई त्याग्नुको मुख्य कारण त्यस पार्टीसँग आफ्नो आइडोलजी नमिलेकोले हो भनी बताए। देवानले पहाडका सबै नेता र मुद्दा आखिर दिल्ली नै पुग्नु पर्ने देखिएपछि किन अरूको पछि लागेर समय बर्बाद गर्नु भन्दै पहाडको निम्ति कुनै पनि संवैधानिक व्यवस्था दिन्छ भने त्यो भाजपाले मात्रै दिन्छ भनी जनाए। उनले आफूले राजनीतिक क्षेत्रमा पुऱ्याएको योगदानबारे अवगत गराउँदै तर भाजपामा सामेल हुनुमा उनको कुनै व्यक्तिगत स्वार्थ नरहेर जातीय अनि पहाडवासीको हितको निम्ति रहेको जानकारी गराएका छन्। दया देवानले पत्रकारहरूसित कुराकानी गर्दै अघि भने, ‘म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा एक डेढ साल बसे तर मेरो आईडोलजी मिलेन अनि भागोप्रमोको मूल मुद्दा भनेको विकास हो र हाम्रो मुख्य मुद्दा विकास होइन। यसको साथै सांसद राजु विष्टबाट जान्न पाएँ कि अनित थापाले पनि दिल्ली ताक्दैछ। यसको साथै सबैले अहिले दिल्लीको बाटो ताक्दैछ भन्ने सुनेर हामी जातिको लागि भाजपामा नै रहनु पर्ने रैछ तर भाजपाको हात बलियो पार्नु पर्ने रैछ भन्ने बुझे।’
दया देवानले अघि भने, ‘म तीन महिनासम्म चुपचाप बसे अनि अहिले पञ्चायत चुनावको समय मैले जानेको र बुझेको कुराहरू जनतालाई बुझाउन अघि आएर भाजपामा सामेल भएको छु। तर यसमा मेरो कुनै स्वार्थ छैन तर मूल मुद्दाको लागि र जातिको लागि सामेल भएको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement