केही दिनको प्रतीक्षापछि आउनेछ पहिलो इथानोल-संचालित कार

00-1-Ethanol-Car

नयाँ दिल्ली: केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले १०० प्रतिशत इथानोलमा चल्ने नयाँ गाडीहरू अगस्तमा लन्च गरिने घोषणा गरेका छन्। यसबाट पेट्रोल र डिजेलमाथिको निर्भरता पनि अन्त्य हुने उनले बताए। नितिन गडकरीले हाइड्रोजनबाट चल्ने कार लन्च गर्ने कुरा पनि गरेका छन्। उनले यो नयाँ प्रविधिबाट देशका कृषकलाई पनि निकै फाइदा हुने बताए। इथानोलमा चल्ने गाडीको बारेमा नितिन गडकरीले भने, ‘अगस्तदेखि म १०० प्रतिशत इथानोलमा चल्ने सवारीसाधन लन्च गर्नेछु। बजाज, टीभीएस र हिरोले शतप्रतिशत इथानोलमा चल्ने मोटरसाइकल बनाएका छन्। यी सबै चाँडै शुरु हुनेछल’

केन्द्रीय मन्त्री नितिन गडकरीले हाल ६० प्रतिशत पेट्रोल र ४० प्रतिशत विद्युतीय माध्यममा चल्ने टोयोटाको क्यामरी कारले चाँडै नै ६० प्रतिशत इथानोल र ४० प्रतिशत बिजुलीमा चल्ने सवारीसाधन सञ्चालन गर्ने बताएका छन्। यसले ईभीको बजार पनि बढाउनेछ। देशको यातायात क्षेत्रमा इथानोललाई नयाँ क्रान्तिको रूपमा वर्णन गर्दै गडकरीले यो स्वदेशी र प्रदूषणमुक्त इन्धन हुने बताए। अहिले उखुको जुसबाट इथानोल बन्ने भएकाले किसानलाई पनि धेरै फाइदा हुने भएकाले किसानले तयार पारेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *