कोलकाता: ईदको अवसरमा, भारत-बंगलादेश सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ) ले बंगलादेशको सीमामा तैनाथ बंगलादेश सीमा गार्ड (बीजीबी) लाई मिठाई खुवायो। दुवै देशका सीमा सुरक्षा बलबीच सुमधुर सम्बन्ध र समन्वय रहेको छ । राष्ट्रिय महत्वका चाडपर्व तथा विशेष अवसरमा दुई देशका सीमा सुरक्षा बलबीच सद्भावनाको संकेतस्वरुप शुभकामना र मिठाईको आदानप्रदान हुने गरेको छ। दुवै देशले आ–आफ्ना चाडपर्वका अवसरमा मिठाई आदानप्रदान गरी सौहार्दपूर्ण सम्बन्ध कायम राख्न यही परम्परालाई सफलतापूर्वक पालन गर्दै आएका छन् । इद–उल–जुहाको अवसरमा शुभकामना दिनुका साथै सीमा क्षेत्रमा सीमा सुरक्षा बलले उच्च सतर्कता अपनाउँदै आएको छ।