सागसब्जीको भाउले बिगार्यो भान्साघरको बजेट

Vegetable-Market

कोलकाता: बंगालमा पहिलो मनसुन वर्षाले सागसब्जीको मूल्यमा प्रत्यक्ष असर गरेको छ। कोलकाता, बर्दवान, हावडालगायत अधिकांश शहरमा सागसब्जीको मूल्य अचानक आकाशिएको छ। वर्षापछि टमाटरको मूल्य प्रतिकिलो ८० देखि १०० रुपियाँ, लौका ५० रुपियाँ र भेंडी ८० रुपियाँ प्रतिकिलो पुगेको छ। २० दिनअघि यी तरकारीको मूल्य आधाभन्दा कम थियो। यसैबीच वर्षापछि खेतमा तरकारी बाली नपरेपछि एक्कासी भाउ बढेको बताइएको छ।

महानगरीय बजारमा गाजर ६० रुपियाँ, पुदिनाको गुच्छा २४ रुपियाँ र धनिया ३५० रुपियाँ  प्रतिकिलोमा बिक्री भइरहेको छ। योसँगै आम मानिसले लौकी र जुची खान सक्ने अवस्थामा छैनन्। वर्षापछि बजारमा लौका ६० रुपियाँ र जुची ६० रुपियाँमा बिक्री भइरहेको छ। २० रुपियाँ किलोमा बिक्री हुने टमाटर अहिले ८० देखि १०० रुपियाँमा बिक्री भइरहेको छ। अन्य सागसब्जीको अवस्था पनि त्यस्तै छ। टमाटरसँगै भिंडी, लौका, काउली, बन्दाकोबी, काँक्रो र हरियो खोर्सानीको मूल्यमा भारी उकालो लागेको छ। सागसब्जीको भाउ बढ्नुको मुख्य कारण स्थानीय तथा बाहिरी क्षेत्रबाट नगरको सागसब्जी बजारमा हरियो तरकारीको आगमनमा कमी आएको बताइएको छ। अहिले अधिकांश हरियो सागसब्जीको भाउ दुई सातामा दोब्बरले बढेको छ। यति मात्र होइन, बैंगनको मूल्य पनि दोब्बर भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement