सिलगढी: सिलगढीको सर्व हिन्दी विकास मञ्चको आयोजनामा जुलाई २ मा स्वर्गीय अधिवक्ता बीएल शर्माद्वारा लिखित पुस्तक ‘ब्रज से बरसाना’ विमोचन तथा कवि सम्मेलनको आयोजना गरिएको छ। यस अवसरमा डा ओमप्रकाश पाण्डे र कवि साहित्य सम्मान–२०२३ भारती सुजित बिहानीलाई प्रदान गरिने छ भने शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पूजा गुप्तालाई सम्मान गरिने भएको छ।
सम्मानित व्यक्तित्वहरूलाई नगद रु ५१०० नगद, शाल, पुष्पगुच्छा र स्मृति चिन्ह प्रदान गरिने छ। सिलगढीको स्टेशन फिडर रोडमा रहेको तेरापन्थ भवनमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर यो जानकारी दिइएको हो। यस संवाददाता सम्मेलनमा करण सिंह जैन लगायत संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।