भीम आर्मी एवं आजाद समाज पार्टीले राष्ट्रपतिलाई पठायो ज्ञापन

00-1-Rashtriya-Samachar-26

हिसार: भीम आर्मी चीफ एवं आजाद समाज पार्टीका संस्थापक चन्द्रशेखर आजादमाथि देवबन्दमा भएको प्राणघातक हमलाको विरोधमा कार्यकर्ता अनि पदाधिकारीहरूले चर्को निन्दा गरेका छन्। पदाधिकारीहरूले बिहीवार राष्ट्रपतिको नाममा ज्ञापन-पत्र पठाएर हमलाको एनआईएद्वारा जाँच गराउनुपर्ने अनि चन्द्रशेखरलाई जेड प्लस सुरक्षा दिनुपर्ने माग गरेका छन्।
पदाधिकारी एवं कार्यकर्ताहरू बिहीबार लघु सचिवालयमा एकत्रित भएर प्रशासनको माध्यमबाट राष्ट्रपतिलाई ज्ञापन पठाए। ज्ञापनमा भनिएको छ, भीम आर्मी एवं आजाद समाज पार्टीका चीफ चन्द्रशेखर आजाद बहुजन समाजका राष्ट्रीय र लोकप्रिय नेता हुन्। यूपीको देवबन्दमा उनलाई लक्षित गर्दै गोली चलाएर उनको ज्यान लिने प्रयास गरियो। यो ठूलो राजनीति अनि षड़यन्त्रको एउटा भाग हो। यसैले यस मामिलाको जाँच एनआईएले गरोस् तथा आरोपीहरूलाई तत्काल पक्राउ गरी जेलमा थुनियोस्। यसको साथै चन्द्रशेखर आजादलाई जेड प्लस सुरक्षा तत्काल उपलब्ध गराइयोस्।
संगठनका पदाधिकारीहरू क्रमैले बजरंग इंदल, प्रदीप भानखड, अमित जाटव, बलराज एवं प्रदीप राजौरियाले भने, ‘केन्द्र सरकारले मोक्ष मुक्तिको पाठ पढ़ाउने बाबाहरू, विद्वेष फैलाउने फिल्म अभिनेत्रीहरूसम्मलाई जेड प्लस सुरक्षा उपलब्ध गरेको छ भने बहुजन समाजका कोहिनूर चन्द्रशेखर आजादलाई पनि यो सुरक्षा प्रदान गर्नुपर्छl’ प्रदीप र इंदलले भने, ‘यदि भविष्यमा फेरि यस्तै घटना घटे सरकारले यसको मूल्य चुकाउनुपर्नेछ। बहुजन समाजले चेन्द्रशेखरको सुरक्षाको मामिलामा कुनै किसिमको ढिल्याईलाई पनि सहन गर्नेछैनl’ -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement