मुम्बई: लगभग १५ दिनपछि ढिलो गरी मुम्बई आइपुगेको मनसूनले आपत निम्ताएको छ। बितेका छह दिनभित्रमा भएको घना वर्षाले दशजना मानिसहरूको ज्यान लिएको छ भने पन्ध्रजना मानिसहरू घाइते भएका छन्। मुम्बई एवं उपनगरहरूमा भीषण वर्षा भइरहेको छ। ढिलो आइपुगेको वर्षादेखि मानिसहरू खुशी छन्, तर भइरहेका दुर्घटनाहरूबाट मानिसहरू दुःखी पनि भएका छन्। जर्जर भवन, रूख औ रूखका हाँगाहरू झरेर मानिसहरूको ज्यान लिरहेको छ। हिजो अबेर राती मुम्बईको भायखला इलाकामा एउटा पीड़ादायी दुर्घटना भयो। इन्दु ओयल मिल परिसरस्थित घरमा रूख ढलेर एक व्यक्तिको मृत्यु भयो भने तीनजना घाइते भए। यो घटना बिहीवार अबेर राती अढ़ाई बजे घटेको थियो।
मुम्बई अनि उपनगरहरूमा आज बिहानदेखिकै पानी परिरहेको छ। उपनगरहरूमा बोरीवली, कांदिवली, मलाड, अन्धेरी, गोरेगाउँ, दहिसर इलाकामा भारी वर्षा भइरहेको छ। तल्लो भागमा पानी भरिएकोले समस्या भइरहेको छ भने कतै रूख ढलेको, घर भत्किएको जस्ता घटनाहरू भइरहेका छन्। बितेका दुई दिनभित्रमा रूख ढलेर तीनजनाको मृत्यु भइसकेको छ। मुम्बई, ठाणे रायगढ़ जिल्लामा पनि बिहानदेखिकै पानी परिरहेको छ। पानीले गर्दा लोकल ट्रेनहरूको वेग मन्द भएको छ। जलजमाउको कारणले पश्चिम उपनगरका केही मार्गहरूलाई बन्द गर्नुपऱ्यो। अषाढ़ी एकादशी र बकरीदको पर्व भएकोले आज सरकारी अवकाश छ। तर मुसलधारे पानीको कारणले पर्व मनाउन पनि समस्या भइरहेको छ।