कालेबुङ पुगे राज्यपाल सी. भी. आनन्द बोस

IMG-20230629-WA0311.jpg

कालेबुङ: चार दिने उत्तर बङ्गाल भ्रमणमा रहेका राज्यका राज्यपाल सी. भी. आनन्द बोस बिहीबार कालेबुङ भ्रमणमा पुगे। बिहीबार बिहान सिलगढीको स्टेट गेस्ट हाउसबाट उनी सडक मार्ग हुँदै कालेबुङ पुगेका हुन्। पञ्चायत चुनाउको मुखैमा उत्तर बङ्गाल भ्रमणमा रहेका राज्यपाल बोसले चुनाउको तयारीबारे जाँच गर्नका लागि कालेबुङ भ्रमणमा पुगेको बताइएको छ। यस अवसरमा तिनलाई स्वागत जनाउन जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू उपस्थित थिए भने कालेबुङ जिल्ला पुलिसद्वारा उनलाई गार्ड अफ अनर दिइयो। आफ्नो भ्रमणको क्रममा उनले कालेबुङको ८ माइलस्थित बाल सुरक्षा अभियानको पनि परिभ्रमण गरेर बाल सुरक्षा अभियानको स्थितिको जानकारी लिने काम गरे। उनले कालेबुङमा जिल्ला प्रशासन, पुलिस अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गर्ने पनि बताइएको छ। जानकारीअनुसार राज्यपाल बिहीबार कालेबुङको डेलोस्थित टुरिस्ट लजमा नै बस्नेछन् भने भोलि शुक्रबार पुनः दार्जीलिङ प्रस्थान गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement