बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः नयन प्रधानको ह्याट्रिकले युनाइटेड एफसी दार्जीलिङको एकतर्फी जीत

photocollage_2023629172254912.jpg

२९ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड फूटबल क्लब दार्जीलिङले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बिहीवार खेलिएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले तरुण खेलकुद संघलाई ६-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट नयन प्रधानले ह्याट्रिक गरे। यसबाहेक प्रयास प्रधान, सत्यम राई र सतिश राईले १-१ गोल गरे। यसरी तरुण खेलकुद संघबाट हिस्से भूटियाले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement