गुवाहाटी: असममा बाढ़को स्थितिमा सुधार हुनुबीच बाढ़ प्रभावित जिल्लाहरूको संख्या बढ़ेको छ। राज्य आपदा प्रबन्धऩ विभाग अनुसार, अहिलेपनि असमका १२ जिल्लाहरूका ८२ हजार ९६५ भन्दा धेरै नागरिक बाढ़ले प्रभावित भएका छन्। यद्यपि, राज्यमा सबै नदीहरू खतराको निशानभन्दा तल बगिरहेका छन्। बाढ़ले गर्दा धेरै नदीहरूको तटबन्ध भत्कियो र सड़कहरूलाई पनि नोकसान पुगेको छ। प्रशासनले मानिसहरूलाई राहत पुऱ्याउनका लागि आवश्यक कदम उठाइरहेछ।
असम राज्य आपदा प्रबन्धन विभागको तर्फबाट बुधबार अबेर साझँसम्म बाढ़ प्रभावित जिल्लाहरूको आंकडा जारी गरिएको छ। बाढ़ प्रभावित १२ जिल्लाहरूमा बजाली, बरपेटा, बिश्वनाथ, दरङ्ग, डिब्रूगढ़, ग्वालपारा, जोरहाट, कामरूप (ग्रामीण), लखीमपुर, नलबाड़ी, शोणितपुर र तामुलपुर सामेल छन्। बाढ़ले २० राजस्व सर्किल अन्तर्गत ३९५ गाउँहरूका ८२ हजार ९६५ मानिस प्रभावित भएका छन्। बाढ़ले अहिलेपनि कूल १८५९.९१ हेक्टर फसल प्रभावित छ। बाढ़ले गर्दा राज्यका कूल ६५ हजार ७५९ पशु धन प्रभावित भएको छ। यसमा ठूला पशुहरूको कूल संख्या ३२ हजार ४९० र साना पशुहरूको २३ हजार ४६३ छ जबकि ९ हजार ८०६ पोल्ट्री पनि प्रभावित भएको छ। राहत एवं बचाव कार्यमा अग्निशमन विभागको टीमले एउटा डुंगाको माध्यमले बाढ़मा फंसेका मानिसहरूलाई बचायो। जबकि कामरूपमा एक र लखीमपुरमा ४ मेडिकल टीमहरूले बाढ़ प्रभावित मानिसहरूको चिकित्सा गरे।
बाढ़ प्रभावितहरूबीच खाद्य सामग्री बाँड़िएको छ। यसमा १५९.९० क्विन्टल चामल, ३०.४० क्विन्टल दाल, ८.९९ क्विन्टल नून ८२६.६० लीटर तोरीको तेल, पशुहरूको निम्ति गहूँको चोकर १५११.८२ क्विन्टल सामेल छ। राज्य सरकारको तर्फबाट बाढ़ प्रभावित क्षेत्रहरूमा सबै प्रकारको आवश्यक कदम उठाइने निर्देश जारी गरिएको छ। -हिस