बंगाल आइपुग्यो केन्द्रीय बलहरूको थप २० कम्पनी

IMG-20230528-WA0320-5-300x172-1

कोलकाता: पश्चिम बंगालमा पञ्चायत चुनावलाई केन्द्र गरी जारी हिंसा र हंगामाबीच थप २० कम्पनी केन्द्रीय बलहरूका जवान आज पश्चिम बंगाल आइपुगेका छन्। यी जवानहरूलाई राज्यको वीरभूम जिल्लामा ल्याइएको छ। बंगालमा पहिलेदेखि नै ४४५ कम्पनी केन्द्रीय बलहरूका जवानहरू छन्। अतिरिक्त २० कम्पनी तैनाथ भएपछि यो संख्या बढ़ेर ४६५ पुगेको छ, अर्थात् ४० हजार केन्द्रीय बलहरूका जवानहरू बंगाल आइसकेका छन्। यति नै संख्यामा थप जवानहरूलाई बंगालमा ल्याइनेछ।
उल्लेखनीय छ, कोलकाता उच्च अदालतको आदेशमा पश्चिम बंगालमा ८२ हजार केन्द्रीय बलहरूका जवानहरूको तैनाथी हुनुपर्नेछ। यद्यपि, अर्धसैनिक बलहरूका जवानहरू पश्चिम बंगाल आइपुगेपछि पनि राज्य चुनाव आयोगले उनीहरूको नियुक्तिको रूपरेखा तयार पार्न नसकेको आरोप लागिरहेछ। स्रोतहरू अनुसार, अब जब थप २० कम्पनी केन्द्रीय बलहरूका जवानहरू आएका छऩ्, वीरभूम जिल्ला प्रशासनको साथ तालमेल बनाएर उनीहरूको आज नै तैनाथी गरिनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement