सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः भिजन फूटबल क्लब विजयी

photocollage_2023629165550973.jpg

२९ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा भिजन फूटबल क्लबले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बिहीवार खेलिएको दिनको पहिलो म्याचमा भिजन फूटबल क्लबले होली लाइन फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। ग्रुप डी-को यस म्याचमा विजेता टीमबाट बिक्रम थापा, विवेक राई, दीपु थापा र नर्बु लामाले गोल गरे। यसरी होली लाइन फूटबल क्लबबाट अमन थापाले गोल गरे। एक गोल आत्मघाती रह्यो।

यस म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए। यसरी जीवन छेत्री र पवन थामीले सहयोगीको भूमिका निर्वाह गरेका थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement