अलिपुरद्वार: एउटा छोराले आफ्नै आमाको हत्या गरेको हुनसक्ने छिमेकीले आशंका जताएका छन्। यो घटना अलीपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको बेंगडोबा बस्ती क्षेत्रको हो। छोरा रमन टुड्डु (३३) वर्षिय र आमा बहा किस्कु (५५) वर्षिय सँग घरमा बस्दै आइरहेको बताइएको छ।बिहीबार बिहान छिमेकी घर आएपछि रगतले लतपतिएको अवस्थामा बहा टुडु मृत अवस्थामा फेला परेका थिए। उनले यसबारे कुमारग्राम पुलिस थानालाई जानकारी गराएका थिए ।पुलिसले आएर मृतदेह बरामद गरी मृतकका छोरा रमणलाई पक्राउ गरेको थियो। पक्राउ परेका रमणलाई अदालतमा पठाइएको छ। पुलिस सुत्रनुसार त्यस युवक मानसिक रूपमा विचलित छन्।